१० असार २०८३, बुधबार

गाउँपालिकाले इन्जिनीयर पढाउने, ८ लाख बजेट विनियोजन

मंसिर १८, २०७८
गाउँपालिकाले इन्जिनीयर पढाउने, ८ लाख बजेट विनियोजन
प्रतिकात्मक तस्वीर

तनहुँको बन्दीपुर गाउँपालिका कार्यालयले २ जनालाई इन्जिनीयर पढाउने भएको छ ।

गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनीयर पढाउनको लागि ८ लाख बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाले त्यसको लागि कार्यविधि बनाउने अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । कार्यपालिकाले छात्रवृत्तिसम्बन्धी कार्यविधि बनाएर खुला सूचना प्रकाशित गर्नेछ ।

विपन्न लक्षित कार्यक्रम भएकाले सरकारी स्कूलमा अध्ययन गरेका गरीब, दलित, आदिवासी जनजाति समुदायकालाई प्राथमिकता दिइने योजना रहेको छ । 

गाउँपालिका क्षेत्रमा प्राविधिक क्षेत्रमा लाग्ने जनशक्ति कम देखिएकाले प्राविधिक जनशक्ति प्रवद्र्धन गर्नुपर्छ भन्ने हेतुले गाउँपालिकाले शुरूआत गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

सरकारी कलेजमा पढ्न पुग्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाको लगानीमा इन्जिनीयर बनेपछि गाउँपालिकामा बसेर सेवा पनि गर्लान् भन्ने सोच पनि गाउँपालिकाको रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्