२२ असार २०८३, सोमबार

गणतन्त्रवादी रेखाकाे राप्रपामा उम्मेदवारीबारे दीपकराज गिरी भन्छन् : कांग्रेस–एमालेमा पनि राजा ल्याउनु पर्छ भन्नेहरू छन्...

मंसिर १८, २०७८
गणतन्त्रवादी रेखाकाे राप्रपामा उम्मेदवारीबारे दीपकराज गिरी भन्छन् :  कांग्रेस–एमालेमा पनि राजा ल्याउनु पर्छ भन्नेहरू छन्...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको महाधिवेशनमा रेखा थापाले महामन्त्री पदमा उम्मेदवारी दिएकी छन् । 

गणतन्त्रवादी रेखा राप्रपामा कसरी भन्ने विषयमा पछिल्लो समय चर्चा भइरहेको छ । 

यसबारे चर्चित हास्य कलाकार दीपक राज गिरीले आफ्नो धारणा सार्वजनिक गरेका छन् । 

गिरीले कांग्रेस एमालेमा पनि राजा ल्याउनुपर्छ भन्ने विचार राख्ने मान्छेहरू रहेको भन्दै रेखा थापाले पनि आफ्नो धारणा व्यक्त गरेको बताएका छन् । 

उनले रेखाको पक्षमा फेसबूकमा लेखेका छन्, 'गणतन्त्रवादी रेखा कसरी राप्रपा ? कांग्रेस एमालेमा पनि राजा ल्याउनु पर्छ भन्ने बिचार राख्ने मान्छेहरू छन् ,अब उनीहरू कांग्रेस वा एमाले हुन वा होइनन ? त्यसै गरेर राप्रपामा पनि त राजा ल्याउनु हुन्न भन्ने धार पनि होला वा हुन सक्छ नि ‘‘न रेखा त्यसमा पर्छिन् कि ?'

यस्तै राजनीति फिल्म खेलेको जस्तो सजिलो छैन भन्ने टिप्पणीलाई पनि गिरीले जवाफ दिएका छन्, उनले लेखेका छन्, रेखा थापालाई कुन्ताजी ले राजनीति ,फिल्म खेलेको जस्तो सजिलो छैन भन्नुभएछ, कस्ले भन्यो तपाईलाई फिल्म खेल्न सजिलो छ भनेर‘ एकचोटी ट्राइ गरेर हेर्नु हुन्छ ? क्यामेरा अगाडि तपाईको पसिना छुट्ने छ !! संसारका सबै काम आ आफ्नो ठाउमा गार्है नै हुन्छ । त्यसैले कुनै पेशा लाइ सजिलो ठान्ने काम नगरौँ  ।'

गिरीले नायिका थापाले महामन्त्रीको पदमा उम्मेदवारी दिनु स्वागतयोग्य रहेको समेत बताएका छन् । 

 

 


 

 

salt training

कमेन्ट गर्नुहोस्