२४ जेठ २०८३, आइतबार

प्रदेश १ को कांग्रेस महाधिवेशन : बल्ल शुरू भयो मतदान

मंसिर १८, २०७८
प्रदेश १ को कांग्रेस महाधिवेशन : बल्ल शुरू भयो मतदान

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिवार १ नम्बर प्रदेश अधिवेशनमा ढिलो गरी मतदान शुरू भएको छ ।

बिहान ८ बजेदेखि शुरू हुने भनिएको महाधिवेशन दिउँसो साढे २ बजेपछि मात्रै शुरू भएको हो ।

प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो ।

अहिले उनीहरूबीच सहमति भएपछि मतदान शुरू भएको हो ।

खड्गीले भूगोल, नेपालीले दलित र राईले खुलाबाट उम्मेदवारी दर्ता गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्