२७ असार २०८३, शनिबार

मालीमा आतंकवादी हमलामा परी दर्जनौँको ज्यान गयो

मंसिर १८, २०७८
मालीमा आतंकवादी हमलामा परी दर्जनौँको ज्यान गयो

 मालीको मध्य क्षेत्रमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा आतंककारीहरूले हमला गरेर दर्जनौँ नागरिकको ज्यान लिएका छन् ।

सो क्षेत्रमा भएको हमलामा परी दर्जनौँको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।  उनीहरुले सो क्षेत्रमा गुडिरहेको एक बसमा हमला गरेका थिए । त्यस हमलामा परेर दर्जनौँ व्यक्तिको ज्यान गएको बताइएको छ तर त्यसमा परेका व्यक्ति कतिजना हुन् भन्ने बारेमा भने अझै खुलेको छैन ।

अधिकारीहरुका अनुसार अज्ञात समूहमा आएका हतियारधारी आतंककारीहरूले गुडिरहेको बसमा आगो लगाइदिएका थिए । सो बसमा रहेका ३३ जना यात्रुको शरीर पूरै जलेको अवस्थामा पाइएको थियो । ती मध्ये अधिकांशको ज्यान गइसकेको बताइएको छ । तर सरकारले यस विषयमा कुनै पनि जानकारी दिएको छैन । तीमध्ये प्रायः सबैको ज्यान गएको अनुमान गरिएको समाचारमा आएको छ तर यस विषयमा सरकारले केही बताएको छैन ।

त्यस स्थानमा केही समय अघिदेखि नै आतंककारीहरूले हिंसात्मक क्रियाकलापहरू गर्दै आएका थिए । यस पछिल्लो हिंसाको बारेमा कुनै आतंककारी समूहले पनि कुनै जानकारी दिएको छैन । सरकारी अधिकारीहरुले ठूलो मानवीय क्षति भएको बताएका छन् तर यस विषयको यकिन तथ्यांक दिएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्