१६ असार २०८३, मंगलबार

माओवादी विराटनगरको अध्यक्ष बने पौडेल

मंसिर १८, २०७८
माओवादी विराटनगरको अध्यक्ष बने पौडेल

विराटनगर । नविन पौडेलको अध्यक्षतामा ९९ सदस्य महानगर कमिटी गठन गर्दै नेकपा माओवादी केन्द्र विराटनगरको नगर अधिवेशन सम्पन्न भएको छ ।

कमिटीको उपाध्यक्षमा दिनेश राजवंशी,सावित्रा गौतम र ज्ञानु भट्टराई, सचिवमा नमिता न्यौपाने र सहसचिवमा शारदा मैनाली र कोषाध्यक्षमा मोहमद प्रवेज आजम निर्वाचित भएका छन् ।

यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा १४ जनालाई छनौट गरेको नवनिर्वाचित अध्यक्ष पौडेलले बताए । माओवादीले मङ्सिर १२ गतेसम्म वडा अधिवेशन गरेको थियो । उत्त वडा अधिवेशनले ४४० महानगर कमिटीको अधिवेशन गर्न प्रतिनिधि छनोट गरेको थियो । 

अधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका स्थाई कमिटि सदस्य तथा अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्