२१ जेठ २०८३, बिहीबार

सीताले फेयर ब्रेक इन्भिटेस्नल प्रतियोगिता खेल्ने

मंसिर १८, २०७८
सीताले फेयर ब्रेक इन्भिटेस्नल प्रतियोगिता खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् । रोल....

राजधानीमा आज सीताले एक कार्यक्रमको आयोजना गरेर हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेस्नल २०२२ खेल्ने जानकारी गराएकी हुन् ।

सीताले खेल्न लागेको फेयर ब्रेक इन्भिटेस्नल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त महिला ट्वान्टी–२० प्रतियोगिता हो ।

यससँगै सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी भएकी छिन् । सीताले सहभागिता जनाउन लागेको प्रतियोगिता आउँदो वर्षको मे १ देखि १५ तारिखसम्म हङकङमा हुँदै छ ।

प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । भारतीय र पाकिस्तानी चर्चित खेलाडीले समेत सहभागिता जनाउने प्रतियोगितामा सीताले खेल्ने टोलीको टुङ्गो लागेको छैन ।

सीतालाई अन्तर्राष्ट्रिय खेलको अवसर दिलाउन क्विन्स इभेन्ट मेनेज्मेन्ट प्रालिले समवन्य गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्