१३ असार २०८३, शनिबार

राप्रपा महाधिवेशनः राजेन्द्र लिङ्देनलाई पशुपतिले दिए ‘काँचो नेतृत्व’ को संज्ञा

मंसिर १८, २०७८
राप्रपा महाधिवेशनः राजेन्द्र लिङ्देनलाई पशुपतिले दिए ‘काँचो नेतृत्व’ को संज्ञा

राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले नयाँ नेतृत्वको दौडमा रहेका राजेन्द्र लिङ्देनलाई ‘काँचो नेतृत्व’ को संज्ञा दिएका छन् । लिङ्देन पक्षले राणाको समर्थन आफूहरुलाई रहेको भन्दै प्रचार गरेपछि उनले यस्तो बताएका हुन् ।
राणाले हस्तलिखित विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कुनै कुतत्वल फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपील गरेको भनेर किर्ते पोस्ट गरेको देखेँ । यो सरासर झुट हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको स्पष्ट पार्न चाहन्छु ।’

यसअघि राणाले आफूले नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयासमा लाग्ने बताएका थिए । राणाको यो विज्ञप्ति राप्रपाका अर्का प्रत्यासी कमल थापाले समेत पोस्ट गरेका छन् । राप्रपाकाे महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्