२५ असार २०८३, बिहीबार

लुम्बिनीमा पदाधिकारीतर्फको मतगणना सुरु हुन सकेन

मंसिर १९, २०७८
लुम्बिनीमा पदाधिकारीतर्फको मतगणना सुरु हुन सकेन

नेपाली काँग्रेस लुम्बिनी प्रदेशको सदस्यतर्फको मतगणना सुरु भएपनि पदाधिकारीतर्फको मतगणना सुरु हुन सकेको छैन । निर्वाचन समितिका अनुसार सदस्यहरुको गणनापछि मात्रै सभापतिसहित पदाधिकारीको गणना सुरु हुनेछ  । आइतबार बिहानसम्म सदस्यतर्फ ४०० मत गणना भएको छ ।
लुम्बिनी प्रदेशको नेतृत्व चयनको लागि शनिबार कुल मतदाता एक हजार ६ सय ७० जनामध्ये एक हजार ६ सय ३१ जनाले मतदान गरेका थिए । लुम्बिनीको सभापतिमा भरत शाह र अमर पुन प्यानल बनाएर मैदान छन् ।

salt training

कमेन्ट गर्नुहोस्