
म्यान्मारका सुरक्षाफौजहरूले यांगोनमा आइतवार बिहान कूको विरोध गरिरहेका प्रदर्शनकारीहरूमाथि कार चलाएपछि पाँचजनाको मृत्यु भएको म्यान्मार नाउ पत्रिकाले खबर दिएको छ ।
सुरक्षाकर्मीले १५ जनालाई पक्राउ गरेको छ ।
गत फेब्रुअरी महिनामा सेनाले कू गरेदेखि भएको विरोधमा १३ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
आङ सान सू की नेतृत्वको निर्वाचित सरकारलाई हटाइएपछि लगातार विरोध प्रदर्शनहरू भइरहेका छन् ।
आइतवारको विरोध प्रदर्शनमा सहभागी एक व्यक्तिले भने, ‘मलाई हिर्काएपछि म ट्रकको अगाडि भागमा ठोकिएँ । एक सैनिकले मलाई राइफलले हिर्काए । तर मैले प्रतिकार गरें अनि उनलाई धकेलें । उसले ममाथि गोली चलायो अनि म बांगोटिंगो गरी र्दाडिएँ । सौभाग्यवश, म जिउँदै भाग्न सफल भएँ ।’
केही प्रदर्शनकारीहरूको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य व्यक्तिहरू सडकमा अचेत भएर सुतेको समेत देखिएको छ ।