०६ असार २०८३, शनिबार

लुम्बिनीमा मतान्तर फराकिलो बनाउँदै कांग्रेस संस्थापनइतरका पुन

मंसिर १९, २०७८
लुम्बिनीमा मतान्तर फराकिलो बनाउँदै कांग्रेस संस्थापनइतरका पुन

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशनमा सभापतिका उम्मेदवार अमरसिंह पुनले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । 

४७८ मत गणना हुँदा पुन ११७ मतले अगाडि छन् । पुनको २९५ र भरत कुमार शाहको १७८ प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । 

पुनले शुरूदेखि नै अग्रतालाई कायम राखेको निर्वाचन समितिका जीवनारायण अधिकारीले लोकान्तरलाई जानकारी दिए ।  

पुन संस्थापन इतरका उम्मेदवार हुन् भने शाह सभापति शेरबहादुर देउवापक्षीय ।

लुम्बिनीमा १ हजार ६३१ मत खसेको छ ।  रूपन्देहीको भैरहवामा मतगणना जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्