१८ असार २०८३, बिहीबार

कांग्रेस अधिवेशन– बागमतीमा दोस्रो चरणको मतदान सम्पन्न, रातिसम्म नतिजा आउने

मंसिर १९, २०७८
कांग्रेस अधिवेशन– बागमतीमा दोस्रो चरणको मतदान सम्पन्न, रातिसम्म नतिजा आउने

पहिलो चरणको निर्वाचनमा कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिका लागि आइतवार दोस्रो चरणको निर्वाचन भएको छ । 

संस्थापन पक्षका इन्द्र बानियाँ र संस्थापनइतर समूहका जगदिश्वरनसिंह केसीबीच प्रतिस्पर्धा भएको हो । पहिलो चरणको मतदानमा तेस्रो स्थानमा पुगेका भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका छन् । 

शनिवार भएको मतदानमा संस्थापन पक्षका बानियाँले धेरै मत प्राप्त गरेपनि सभापतिका लागि आवस्यक ५१ प्रतिशत भोट नल्याएकाले आइतवार पुनः मतदान भएको हो । 

मतदान सम्पन्न भएको र आइतवार साँझदेखि नै मतगणना शुरू हुने निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । राति अबेरसम्म नतिजा आइसक्ने उनले बताए । 

शनिवारको मतदानमा बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता समेत रहेका बानियाँले ९ सय ९२  मत प्राप्त गरेका थिए । 

संस्थापन इतर रामचन्द्र पौडेल पक्षका केसीले ८ सय ७२ मत प्राप्त गरे । कृष्ण सिटौला पक्षबाट उम्मेदवारी दिएका भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्