१० साउन २०८३, आइतबार

एड्सविरूद्ध सचेतना बढाउन खेलकुद अन्तरक्रिया सम्पन्न

मंसिर १९, २०७८
एड्सविरूद्ध सचेतना बढाउन खेलकुद अन्तरक्रिया सम्पन्न

खेलकुद महासंघको आयोजनामा एचआईभी÷एड्स विरुद्ध खेलकुद अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । ३४ औं विश्व एड्स दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एड्स विरूद्ध सबैमा सचेतना र सतर्कताको भावना जागृत हुन आवश्यक रहेको बताए । खेलकुद मन्त्रालयका सचिव डा. दोमादर रेग्मीले एड्स विरूद्ध सचेतनाको सन्देश प्रवाह गर्न खेलकुद पनि महत्वपूर्ण क्षेत्र बन्न सक्ने धारणा व्यक्त गरेका थिए । 

कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत लोकराज पाण्डेले नेपालमा एड्सको अवस्थालगायतका विषयमा प्रस्तुती दिएका थिए । 
महासंघका अध्यक्ष ऋषिराज ओझाले महासंघले गरेका विभिन्न कार्यक्रमका बारे जानकारी गराएइका थिए ।

कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, विभिन्न राष्ट्रिय खेल संघका अध्यक्ष÷प्रतिनिधि, खेलाडीलगायतको उपस्थिति रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्