
नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ । निर्वाचनमा दुई समूहका इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच भिडन्त छ ।
हेटौँडामा आइतबार दिउँसोबाट सुरु भएको मतदान साँझ सम्पन्न भएको थियो भने त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर ७ बजेदेखि मतगणना सुरु गरिएको हो ।
शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी कटाउन नसकेपछि पुनः मतदान भएको थियो ।