×

NMB BANK
NIC ASIA

धमाधम बाहिरिँदै राजस्व छलीका अनेक रूप

मंसिर २०, २०७८

NTC
Premier Steels

सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ ।

Muktinath Bank

पछिल्लो समय राजस्व छली गर्नेहरूले विभिन्न तरिका अपनाएर सरकारी पक्षलाई झुक्याउने प्रयास गर्दै आएका छन् । तर, राजस्व छलीमा संलग्न तथा शंकास्पद व्यक्ति र फर्महरूमा गरिएको निगरानीकै कारण राजस्व छली गर्नेको पहिचान गर्दै विभिन्न अदालतमा मुद्दा दायर गरी कानुनी दायरामा ल्याउने क्रम बढाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुगमन तथा निगरानीलाई तीव्र बनाएको विभागले अर्कै कम्पनीको नाममा सामान खरिद गरी करोडौं रुपैयाँ राजस्व छल्ने कबाडी व्यापारीमाथि झन्डै ४५ करोड रुपैयाँको मुद्दा दायर गर्न सफल भएको छ ।


Advertisment
Nabil box
Kumari

विभागका अनुसार रूपन्देही जिल्लाको समरीमाही गाउँपालिका–६ स्थित कशौधन कवाड सप्लायर्सका सञ्चालक प्रमोदकुमार गुप्ताले २२ करोड ३६ लाख ९३ हजार ४ सय ७९ रुपैयाँ राजस्व छलेको पाइएपछि त्यसको दुई गुनाबराबरको ४४ करोड ७३ लाख ८६ हजार ९ सय ५८ रुपैयाँ मागदाबीसहित विभागले तुल्सीपुर उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको जनाएको छ ।

Vianet communication

सो सप्लायर्सका सञ्चालक गप्ता र अर्का आरोपी गोविन्दकुमार कशौधनलले राजस्व चुहावट गर्ने मनसाय राखेर अरूकै फर्मको नामबाट सामान खरिद गरी ती सामान विभिन्न व्यक्तिलाई बिक्री गरी त्यसको लेखांकन नगरी मूल्य अभिवृद्धिकर तथा आयकर छली गरेको आरोप विभागको छ । उनीहरूले मूल्य अभिवृद्धिकरतर्फ ६ करोड ३१ लाख ४८ हजार २ सय ६६ रुपैयाँ र आयकरतर्फ १६ करोड ५ लाख ४५ हजार २ सय १३ रुपैयाँ राजस्व छली गरेको अनुसन्धानबाट खुलेको विभागको दाबी छ ।

विभागका महानिर्देशक प्रकाश पौडेलले विभागका अनुसन्धान अधिकृतको विशेष निगरानीका कारण राजस्व छलीमा संलग्न व्यक्ति तथा फर्महरूलाई धमाधम कानुनी दायरामा ल्याउने काममा सफलता मिलेको बताए ।

विभागका अनुसार राजस्व छलीमा संलग्न उनीहरूको सो फर्मले मूल्य अभिवृद्धि करतर्फ ६ करोड ३१ लाख ४८ हजार २ सय ६६ रुपैयाँ र आयकरतर्फ १६ करोड ५ लाख ४५ हजार २ सय १३ रुपैयाँ राजस्व छली गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूमाथि राजस्व अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन ऐन २०५२ को दफा २३ को उपदफा १ बमोजिम छली गरिएको रकमबराबरको बिगो र सोही बिगोको शतप्रतिशत जरिमाना र तीन वर्षसम्म कैद सजायको माग दाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ । राजधानी दैनिकमा मधुजंग पाण्डेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x