०३ असार २०८३, बुधबार

बिहेमा निम्तोका लागि बनाइयो यस्तो कार्ड, चरा नै अट्न सक्छ

मंसिर २०, २०७८
बिहेमा निम्तोका लागि बनाइयो यस्तो कार्ड, चरा नै अट्न सक्छ

अहिले बिहेको साइत चलिरहेको छ । 

यस्तो बेलामा घरहरूमा विवाहको निम्तो गरिने कार्डको थुप्रो लाग्छ । त्यस्ता कार्डलाई पछि डस्टबिनमा फालिन्छ । 

तर केही मानिसले कार्डलाई पनि स्मरणीय बनाइरहेका हुन्छन् । 

भारतको गुजरातमा एक व्यक्तिले छपाएको निमन्त्रण कार्डमा एउटा सानो चरा नै बस्न सक्छ । 

शिवभाई रावजीभाई गोहिल नामक ती व्यक्तिले आफ्नो छोराको बिहेमा अनौठो र स्मरणीय कार्ड बनाएका हुन् । यो कार्ड पाउनेले त्यत्तिकै फाल्दैन, बरू चरा बस्ने गुँड बनाइदिन्छ । 

यस्तो अद्भुत आइडिया छोरो जयेशले दिएको शिवभाई बताउँछन् । 

प्रकृतिप्रेमी भएकाले यस परिवारले चराको गुँडका रूपमा कार्ड बनाउने आइडिया फुराएको हो । 

यसअघि भारतमै कानूनी नोटिस जस्तो खालको विवाहको निमन्त्रण कार्डको तस्वीर भाइरल भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्