०९ साउन २०८३, शनिबार

कुमारी बैंकमा 'बाई नाउ पे लेटर सुविधा', एक वर्षसम्मलाई बिनाधितो कर्जा लिन सकिने

मंसिर २०, २०७८
कुमारी बैंकमा 'बाई नाउ पे लेटर सुविधा', एक वर्षसम्मलाई बिनाधितो कर्जा लिन सकिने

कुमारी बैंक लिमिटेडले 'फोनलोन ईएमआई' सुविधा सञ्चालनमा ल्याएको छ । 

छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिन कुमारी बैंकले नेपालमै पहिलोपटक यस्तो सेवा ल्याएको बैंकले जनाएको छ ।

बैंकले एफ वान सफ्ट प्राइभेट लिमिटेडसँगको सहकार्यमा ईएमआईमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको हो । 

कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकले १ लाख रूपैयाँदेखि अधिकतम २ लाख रूपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट बिना धितो वा कागजी प्रकृयाविना नै फोनलोन सुविधा पाउन सक्नेछन् । 

सो कर्जा आयस्रोतको आधारमा ग्राहकले १,३,६,९ र १२ महिनामध्ये कुनै एक अवधि छनोट गरी भुक्तानी गर्न सकिनेछ ।

बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकारका अनुसार आगामी फोनलोन गत वर्ष लञ्च गरिएको थियो । त्यतिबेला कुमारी बैंकका ग्राहकले एक महिनामै तिर्नुपर्ने बाध्यता थियो । यसमा ग्राहकले गुनासो गरेपछि ईएमआई ल्याइएको उनले जानकारी दिए ।

स्यालरी सेभिङ खाता प्रयोग गर्ने ग्राहकले १२ महिनासम्मलाई कर्जा लिन सक्नेछन् । यो प्रक्रिया निकै सहज रहेको उनले बताए ।

'अप्लाई गरेको केही सेकेन्डमै खातामा पैसा आउनेछ,' उनले भने । 

'बाई नाउ पे लेटर' ले ग्राहकहरूलाई सहज हुने उनले बताए ।

बिस्तारै सेवा विस्तार गर्दै नर्मल सेभिङखाता हुनेलाई पनि सेवा दिइने उनले बताए ।

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले कम्पनीले ग्राहकलाई सहज हुने गरी किस्तामा तिर्न सक्ने सेवा ल्याएको बताए ।

यसले नेपालको अर्थतन्त्रमा समेत ठूलो फड्को मार्ने आशा गरिएको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बैंकका ग्राहकलाई सानातिना व्यक्तिगत खर्च पूर्ति गर्नका लागि यो सेवा निकै प्रभावकारी हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्