०६ साउन २०८३, बुधबार

ओलीप्रति लक्षित गर्दै माधव नेपालले भने- ‘अर्ली इलेक्सन’ चाहनेहरूको पत्तासाफ हुन्छ

मंसिर २०, २०७८
ओलीप्रति लक्षित गर्दै माधव नेपालले भने- ‘अर्ली इलेक्सन’ चाहनेहरूको पत्तासाफ हुन्छ
फाइल तस्वीर।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  ‘अर्ली इलेक्सन’ चाहनेहरूको आउँदो चुनावमा पत्तासाफ हुने बताएका छन् ।

सोमवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै तत्काल चुनाव चाहनेहरूको पत्तासाफ हुने बताएका हुन् ।

उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाउने विषयमा गठबन्धन दलसँग छलफल नभएकोसमेत बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक काममा लागेकोले छलफल नभएको बताए ।

कांग्रेसको महाधिवेशनपछि थप छलफल गर्ने उनको भनाइ छ । उपनिर्वाचनसम्म गठबन्धन जाने लिखित सम्झौता भएको उनले बताए । 

उनले खर्च बढ्ने भएकाले तीन तहको चुनाव एकै पटक गर्नका लागि समेत छलफल भइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्