
१३ औं मानव अधिकार राष्ट्रिय महाभेला मंसिर २२ देखि २८ गतेसम्म हुने भएको छ ।
७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्र्दभमा आयोजित “विधिको शासन कायम गरौं, मानव अधिकारको सम्मान गरौं” भन्ने मूल नाराका साथ महाभेला आयोजना हुन लागेको हो ।
नेपालमा मानव अधिकार, शान्ति, लोकतन्त्र, सुशासन र दिगो विकासका पक्षमा क्रियाशील नागरिक संघ संस्था, मानव अधिकारकर्मी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त पहलमा, सन २००९ देखी प्रत्येक वर्ष मानव अधिकार राष्ट्रिय महाभेला कार्यक्रम आयोजना हुँदै आएको छ ।
मानव अधिकारको संरक्षण, सम्वर्द्धन र विकास गर्न, लोकतन्त्र र सामाजिक न्यायलाई संस्थागत गर्दै विधिको शासन स्थापित गर्न तथा राज्यलाई नागरिक प्रति जवाफदेही र उत्तरदायी बनाउनु यस महाभेला आयोजना गर्नुको मुख्य ध्येय भएको आयोजकले जनाएको छ ।
त्यसैले नागरिकका राजनीतिक तथा नागरिक अधिकार एवं आर्थिक सामाजिक, सांस्कृतिक अधिकारको सुनिश्चित गर्न र कोभिड–१९ को महामारीबाट श्रृजित समाजमा देखा परेको थप असमानता अन्त्य गर्नै न्याय, सुशासन र मानव अधिकार सुनिश्चित गर्न उसले आग्रह गरेको छ ।
यस वर्षको महाभेला कार्यक्रमको संयोजन गर्ने अवसर शान्तिका लागि साझा अभियान कोक्याप, सहसंयोजन फिड्रम फर अल नेपाल र शान्ति फाउण्डेसनले प्राप्त गरेको छ । यस महाभेलाका अवसरमा विविध कार्यक्रम गरिने मूल आयोजक समितिले जनाएको छ ।