मंसिर ११, २०८०
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
‘काँटा लगा गर्ल’ एवं बिगबोसको पूर्वप्रतियोगी रहिसकेकी शेफाली जरिवाला आफ्नो हटलुकका कारण चर्चामा रहन्छिन् । यतिमात्र होइन उनले सामाजिक सञ्जालमा खुलेर हरेक मुद्दाका विषयवस्तुहरुलाई उठाइरहेकी हुन्छिन् ।
हालै उनले एक अन्तरवार्तामा आफ्नो बिरामीबारे बताएर सबैलाई चकित बनाएकी छन् । शेफाली बाल्यावस्थादेखि नै गम्भीर रोगको शिकार छिन् । जसकारण उनले बलिउड चलचित्र उद्योगमा काम गर्न सकिनन् ।
अचानक भइन् गायव
काँटा लगा गीत सन् २००२ मा आएको थियो । यो गीत यति हिट भयो कि शेफाली रातारात स्टार बनेकी थिइन् । त्यससँगै सबैलाई लागेको थियो शेफाली बलिउडमा चाँडै आफ्नो ठाउँ बनाउनेछिन् । तर, त्यसको विपरीत उनी अचानक बलिउड चलचित्र क्षेत्रबाट गायब भइन् । यहाँसम्म कि कैयौं ठूलो प्रोजेक्टको अफर आए पनि उनी भने त्यसभन्दा निकै टाढा गइन् ।
गम्भीर रोगको शिकार
उनले एउटा अन्तरवार्तामा खुलासा गरेकी छन् कि उनी १५ वर्षको उमेरदेखि मृगीको बिरामी थिइन् । जसकारण उनी कामको लोड झेल्न सक्थिनन् । ‘मलाई १५ वर्षको उमेरमा पहिलोपल्ट मृगी देखिएको थियो, त्यसबेला पढाइको प्रेसर थियो, स्ट्रेस र इन्जाइटीका कारण मलाई जुनसुकै बेला मिर्गीको समस्या देखिन थाल्यो,’ उनले भनिन्, ‘कक्षाकोेठा, सडक, ब्याक स्टेज, धेरै ठाउँमा मलाई मिर्गीको समस्या देखिएको छ ।’ यसैकारण उनले काम गर्न छाडिन् ।
९ वर्षदेखि समस्या देखिएको छैन
उनले ९ वर्षदेखि भने कुनै समस्या नदेखिएको बताएकी छन् । डिप्रेसन, एनजाइटी र प्यानिक अट्याकमाथि नियन्त्रण गर्न सकेको उनले खुशी पनि व्यक्त गरेकी छन् । यसका लागि उनी योगा, शारीरिक अभ्यासलगायत गरेकी छन् ।
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...