
‘काँटा लगा गर्ल’ एवं बिगबोसको पूर्वप्रतियोगी रहिसकेकी शेफाली जरिवाला आफ्नो हटलुकका कारण चर्चामा रहन्छिन् । यतिमात्र होइन उनले सामाजिक सञ्जालमा खुलेर हरेक मुद्दाका विषयवस्तुहरुलाई उठाइरहेकी हुन्छिन् ।
हालै उनले एक अन्तरवार्तामा आफ्नो बिरामीबारे बताएर सबैलाई चकित बनाएकी छन् । शेफाली बाल्यावस्थादेखि नै गम्भीर रोगको शिकार छिन् । जसकारण उनले बलिउड चलचित्र उद्योगमा काम गर्न सकिनन् ।
अचानक भइन् गायव
काँटा लगा गीत सन् २००२ मा आएको थियो । यो गीत यति हिट भयो कि शेफाली रातारात स्टार बनेकी थिइन् । त्यससँगै सबैलाई लागेको थियो शेफाली बलिउडमा चाँडै आफ्नो ठाउँ बनाउनेछिन् । तर, त्यसको विपरीत उनी अचानक बलिउड चलचित्र क्षेत्रबाट गायब भइन् । यहाँसम्म कि कैयौं ठूलो प्रोजेक्टको अफर आए पनि उनी भने त्यसभन्दा निकै टाढा गइन् ।
गम्भीर रोगको शिकार
उनले एउटा अन्तरवार्तामा खुलासा गरेकी छन् कि उनी १५ वर्षको उमेरदेखि मृगीको बिरामी थिइन् । जसकारण उनी कामको लोड झेल्न सक्थिनन् । ‘मलाई १५ वर्षको उमेरमा पहिलोपल्ट मृगी देखिएको थियो, त्यसबेला पढाइको प्रेसर थियो, स्ट्रेस र इन्जाइटीका कारण मलाई जुनसुकै बेला मिर्गीको समस्या देखिन थाल्यो,’ उनले भनिन्, ‘कक्षाकोेठा, सडक, ब्याक स्टेज, धेरै ठाउँमा मलाई मिर्गीको समस्या देखिएको छ ।’ यसैकारण उनले काम गर्न छाडिन् ।
९ वर्षदेखि समस्या देखिएको छैन
उनले ९ वर्षदेखि भने कुनै समस्या नदेखिएको बताएकी छन् । डिप्रेसन, एनजाइटी र प्यानिक अट्याकमाथि नियन्त्रण गर्न सकेको उनले खुशी पनि व्यक्त गरेकी छन् । यसका लागि उनी योगा, शारीरिक अभ्यासलगायत गरेकी छन् ।