१७ असार २०८३, बुधबार

त्रुटिरहित ढंगले कार्य सम्पादन गर्न सशस्त्र प्रहरीका आईजीपी खनालको निर्देशन

मंसिर २०, २०७८
त्रुटिरहित ढंगले कार्य सम्पादन गर्न सशस्त्र प्रहरीका आईजीपी खनालको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राप्त जिम्मेवारीलाई त्रुटिरहित र उत्कृष्ट ढंगले पूरा गर्नको लागि स्रोतसाधनसहित सरोकारवाला सबैसँग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न निर्देशन दिएका छन् । 

सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरीको नवनिर्मित भवनको आइतवार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

सुरक्षा इकाईहरूले न्यून जनशक्ति र सीमित स्रोतसाधनका बाबजुद पनि उत्कृष्ट कार्य गरेको भन्दै उनले आगामी दिनमा समेत राज्यले दिएको जिम्मेवारीलाई त्रुटिरहित ढंगले अनुशासित र जिम्मेवारीका साथ पूरा गर्न निर्देशन दिए । 

सशस्त्र प्रहरी बलप्रति आमजनताले गरेको भरोसालाई कायम राख्दै आगामी दिनमा राष्ट्र र संगठनप्रति इमानदार, नैतिकवान,अनुशासित र उच्च समर्पणका साथ कार्य क्षेत्रमा खटिन समेत उनले निर्देशन दिए । 

आइतवार नै महानिरीक्षक खनालले सोही जिल्लाको शम्भुनाथ नगरपालिका-११ मा स्थापना भएको नेपाल एपीएफ ठाकोदेबी जोगेन्द्र भगत स्कुलको समेत उद्घाटन गरे । 

एपीएफ स्कुललाई क्षेत्रीयरुपमा विस्तार गर्दै लैजाने क्रममा यसअघि प्रदेश नं. ५ स्थित कोहलपुर बाँकेमा नेपाल एपीएफ स्कुल सञ्चालनमा आइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्