×

NMB BANK
NIC ASIA

कांग्रेस अधिवेशन

तीन कारण: जसले प्रदेश सभापतिमा गुरुराज घिमिरे पराजित भए

घिमिरे भन्छन्- प्रदेशको चुनावले केन्द्रीय महाधिवेशनमा असर गर्दैन

मंसिर २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश १ समितिको सभापतिमा गुरुराज घिमिरे झिनो मतान्तरले पराजित भए । जितका लागि संस्थापन इतरसँग एक सय भन्दा बढी मत रहे पनि घिमिरेले हार व्यहोर्नु पर्‍यो । एकजना व्यक्तिका पछाडि सरकार लागेका कारण आफूले हार व्यहोरेको घिमिरेले प्रतिक्रिया जनाएका छन् । 

Muktinath Bank

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै घिमिरेले एउटा व्यक्तिलाई चुनाव हराउन केन्द्रदेखि नेताहरू पठाएर घेराबन्दी गरिएको आरोप लगाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रदेश अधिवेशनलाई लक्षित गरेर सशस्त्र प्रहरी बल पूर्वी मुख्यालय इटहरीमा आएर विभिन्न चलखेल गरेको संस्थापन इतर समूहका एक नेताले बताए । 


Advertisment
Nabil box
Kumari

प्रदेश सभापतिमा पराजित भए पनि केन्द्रीय महाधिवेशनमा असर नपार्ने घिमिरेले बताए । घिमिरेले संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर महाधिवेशनमा जानुपर्ने बताउँदै आएका छन् । 

Vianet communication
Laxmi Bank

नैतिकताका आधारमा आफू केन्द्रीय महाधिवेशनमा नउठ्ने उनले उल्लेख गरे । पुनः मतगणना हुँदा जित्ने आधार भएको घिमिरेको भनाइ छ । ‘१५० मत गन्दा मात्रै २ मत फरक भनिएकोले शंका उत्पन्न भएको छ,’ उनले भनेका छन् । 

शुरूआती चरणमा अग्रता लिएका घिमिरेले अन्तिममा २ मतले पराजित भएका थिए । मत परिणाम चित्त नबुझेको भन्दै उनले पुनः मतगणनाको माग गर्दै निवेदन दर्ता गरेका छन् ।

आफ्नै लाइनका केन्द्रीय तहका नेताले मतदान नगरेको, संस्थापन इतरले उमेदवारहरुलाई मिलाएर लैजान नसकेका कारणले समेत चुनावमा हार व्यहोर्नु परेको जस्ता कुरा उठेका छन् । 

घिमिरे पराजयका तीन कारण

नेपाल विद्यार्थी संघको अध्यक्ष रहेको समयमा गणतन्त्रको नारा लगाएर चर्चामा आएका घिमिरे केन्द्रमै स्थापित नेता हुन् । १४ औं महाधिवेशनमा सहमहामन्त्रीका दाबेदारको रुपमा हेरिएका घिमिरे संस्थापन इतर समूह (रामचन्द्र पौडेल र डा. शेखर कोइराला)को आग्रहमा प्रदेश सभापतिको उम्मेदवार बनेका थिए । घिमिरे प्रदेश सभापति बन्दा प्रदेश १ मा कांग्रेसलाई बलियो बनाउन सकिने पौडेल कोइरालाको निष्कर्ष थियो । 

आइतवार बिहान अन्तिम नतिजा आउन्जेलसम्म पनि गुरुले जित्नेमा कांग्रेसका प्रायः नेता ढुक्क जस्तै देखिन्थे । शनिवार भएको मतदानमा घिमिरेले ८४२ ल्याउँदा उद्धव थापाले ८४४ मत पाएर विजयी भए । थापा २ मतले विजयी भएको घोषणा निर्वाचन समितिले बिहान साढे ३ बजे गरेको थियो । 

झिनो मत अन्तरले घिमिरेले पराजय भोगेपछि प्रदेश १ को विषयलाई लिएर कांग्रेसभित्र चर्चासमेत चलेको छ । घिमिरले हार व्यहोर्नुको मुख्य तीन कारण रहेको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन् । 

केही केन्द्रीय नेताहरूले मतदान नगर्नु पहिलो कारण भएको कांग्रेसका एक नेताको भनाइ छ । पार्टीको विधानमा रहेको ‘कन्फ्युजन’का कारण गुरुराजलाई जिताउन विराटनगरमा खटिएका नेताहरूले नै मतदान गरेनन् । मतदान नगर्ने नेताहरूले यसबारे आफ्नो धारणा राखिसकेका छन्, यो प्राविधिक विषय भयो । 

प्रदेश १ सभामा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले खुलेर घिमेरलाई सहयोग नगर्नु अर्को कारण रहेको मोरङ कांग्रेसका एक नेताले लोकान्तरलाई बताए । कोइराला आफैं प्रदेश सभापतिका आकांक्षी थिए । यस्तै प्रदेश १ कै आन्तरिक मामिला तथा कानूूनमन्त्री केदार कार्की मौन बस्नुले पनि घिमिरेको पराजयको कारण बनेको स्थानीय नेताहरूको बुझाइ छ । 

यसै गरी मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई मिलाउन नसक्दा घिमिरेले पराजय भोग्नु परेको स्थानीय नेताहरूको विश्लेषण छ । नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिकबहादुर लिम्बु र फागोबीचको अन्तरसंघर्षका कारण समेत घिमिरेले पराजय भोग्नु परेको विश्लेषण गरिएको छ । 

कृष्णप्रसाद सिटौला समूहका फागो जिल्ला अधिवेशनका बेला इतर समूहका नजिक थिए । उनलाई प्रदेशमा स्थान दिने आश्वासन दिइएको थियो । तर, संस्थापनइतर समूहले उनलाई टिकट नदिएपछि उनी पुनः सिटौला समूहमै फर्केका थिए । 

आदिवासी जनजाति समुदायका फागोले संस्थापनइतर समूहका भोट समेत बिगारेका थिए । उनले सर्वाधिक मत एक हजार २६ ल्याएका थिए । 

प्रदेश सभापतिमा पराजित घिमिरेले पराजयको कारण खोजेर प्रदेशकै राजनीतिमा सक्रिय हुने बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x