
प्राइम कमर्सियल बैंक लिमिटेडले भोलि (बुधवार) साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्दै छ।
तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरूले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्।
बैंकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१६ अर्ब ८ करोड ३० लाख ३६ हजार ९ सयको १६% अर्थात रु.२ अर्ब ५७ करोड ३२ लाख ८५ हजार ९ सय ४ बराबरको बोनस शेयर तथा ०.६३१३% अर्थात रु.१० करोड १५ लाख ३२ हजार २ सय ११.९५ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्न लागेको हो।
संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव कम्पनीको मिति २०७८ पौष ६ गते हुने चौधौं वार्षिक साधारण सभामा छलफल गरिने छ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।