३१ असार २०८३, बुधबार

कांग्रेस महामन्त्रीका दाबेदार गगनले आज अवधारणा सार्वजनिक गर्ने

मंसिर २३, २०७८
कांग्रेस महामन्त्रीका दाबेदार गगनले आज अवधारणा सार्वजनिक गर्ने

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले बिहीवार आफ्नो अवधारणापत्र सार्वजनिक गर्ने भएका छन् ।

दिउँसो ३ बजे प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच थापाले प्रतिबद्धता सार्वजनिक गर्न लागेका हुन् । 

‘समुन्नत नेपालः सम्मानित नेपाली’को संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन नेपाली कांग्रेसको पुनर्जागरण र रूपान्तरणका लागि अवधारणा सार्वजनिक गर्न लागेको थापाले बताएका छन् ।

गगनले वडा अधिवेशनको बेलामै महामन्त्रीमा उठ्ने तयारी गरेको बताएका थिए । गगनलाई प्यानलमा समेट्नका लागि सभापतिमा उठ्ने आकांक्षा राखेका सबै नेताले पहल गरेका थिए । 

महामन्त्रीमा उठ्ने घोषणा गरेका अर्का युवा नेता विश्वप्रकाश शर्माले यसअघि नै कांग्रेसको अवधारणा सार्वजनिक गरेका थिए । शर्माको अवधारणापत्रमा कांग्रेसको कुनै सदस्यले एकपटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक सांसद बन्न पाउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । 

कांग्रेसको १४औं महाधिवेशन भोलि मंसिर २४ देखि काठमाडौंमा शुरू हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्