०२ असार २०८३, मंगलबार

आरआरआर फिल्मको ट्रेलर सार्वजनिक, खतरनाक छ एक्सन (भिडियो)

मंसिर २३, २०७८
आरआरआर फिल्मको ट्रेलर सार्वजनिक, खतरनाक छ एक्सन (भिडियो)

बाहुबली जस्तो मगाहिट फिल्म बनाएका निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र आरआरआरको ट्रेलर बिहीवार सार्वजनिक भएको छ । 

राम चरण र जुनियर एनटीआरको अभिनय रहेको फिल्ममा आलिया भट्ट र अजय देवगन पनि छन् । 

फिल्म सन् २०२२ को जनवरी ७ मा सार्वजनिक हुनेछ । 

फिलमको एक्सन दृश्यहरू रोमाञ्चक छन् भन्ने कुरा ट्रेलरमा देखिन्छ । 

फिल्ममा शानदार भीएफएक्स र एक्सन दृश्यका कारण दर्शकहरूमा फिल्मप्रति उत्सुकता बढेको छ । राम चरण र जुनियर एनटीआरको संवाद पनि बलियो छ । 

यो फिल्म भारतीय क्रान्तिकारीहरू अल्लूरी सीताराम राजू र कोमाराम भीमको कथामा आधारित छ । तर ती काल्पनिक पात्र हुन् । फिल्ममा यी दुईजनाले बेलायती उपनिवेश र हैदराबादका निजमाविरुद्ध लडिरहेको देखिन्छ । 

फिल्मका दुईवटा गी सार्वजनिक भइरहेका छन् र सुपरहिट छन् । 

salt training

कमेन्ट गर्नुहोस्