२१ जेठ २०८३, बिहीबार

मोदीलाई राष्ट्रिय स्तरमा चुनौती दिने ममता बनर्जीको धोको, मृगतृष्णा कि यथार्थ ?

मंसिर २३, २०७८
मोदीलाई राष्ट्रिय स्तरमा चुनौती दिने ममता बनर्जीको धोको, मृगतृष्णा कि यथार्थ ?

भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आगामी आमनिर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिने योजना बनाएकी छन् । 

प्रमुख विपक्षी दल कांग्रेस एकदमै कमजोर भइरहेको बेलामा आफ्नो तृणमूल कांग्रेसले चमत्कार गर्न सक्ने आशा ममताले लिएकी छन् । राहुल गान्धीको अकर्मण्यता र पूर्णकालिक राजनीतिमा अरुचिका कारण विपक्षी गठबन्धनको नेतृत्व लिने सम्भावना छैन । त्यसैले कांग्रेसको विकल्प बनेर मोदीलाई चुनौती दिने सपना ममताले पालिरहेकी छन् । 

तीनपटक पश्चिम बंगालको विधानसभा निर्वाचन जितेकाले ममतामा आत्मविश्वास भरिएको छ । 

गत जुलाई महिनामा दिल्ली आउँदा ममताले विपक्षी दलहरूसँग सन्धिको प्रस्ताव ल्याएकी थिइन् । उनले विपक्षी गठबन्धनको अध्यक्ष वा संयोजकको पद आशा गरेकी थिइन् तर राहुल गान्धीका कारण उनलाई प्रस्ताव राख्न हिचकिचाहट भयो । 

उनी कोलकाता गएपछि नयाँ रणनीतिमा विचार गर्न थालिन् । भाजपासँग लडिरहेकी ममता अब कांग्रेससँग लड्दैछिन् । 

आफ्नो बाटोको अवरोधक कांग्रेस अझ त्यसमा पनि गान्धी परिवार भएको सोच ममतामा आएको देखिन्छ । त्यसैले उनले गान्धी परिवारविरुद्ध आक्रमणको मोर्चा खोल्न थालेकी छन् । 

गान्धी परिवारलाई पन्छाएमा ममतालाई विपक्षी गठबन्धनको सर्वस्वीकार्य नेता बन्न कसैले रोक्न नसक्ने मन्त्र ममतालाई चुनावी रणनीतिकार प्रशान्त किशोरले दिएका छन् । 

ममताले शरद पवार र उद्धव ठाकरेसँग पनि यसबीचमा कुराकानी गरेकी छन् । आफ्ना राजनीतिक गुरुलाई धोका दिने शरद पवारलाई विश्वास गर्नु ममताको भूल हुन सक्छ । 

उद्धव ठाकरेले आफ्ना पिता र पार्टीका संस्थापक बालासाहेब ठाकरेका सिद्धान्तलाई तिलाञ्जलि दिएर सत्ता पाएका हुन् । बाल ठाकरेले परिवारको कुनै पनि व्यक्ति सरकारमा नजाओस् भन्ने चाहना राख्थे । हिन्दूत्व मात्र उनको आधार थियो । उद्धवले यी दुवै कुरा छोड्न कुनै संकोच मानेनन् । 

विपक्षी एकता मृगतृष्णा हो जसको पछि लाग्दा नेता र पार्टीहरूको सत्यानाश भएको छ । सन् १९८९ देखि २०१४ सम्म केन्द्रमा गठबन्धनको राजनीतिले देशलाई गिजोलेको थियो । 

कांग्रेसले एकछत्र राज चलाइरहेकोमा सन् १९८९ पछि उसको क्रमशः पतन हुँदै गएको बेलामा विपक्षी एकता सफल भएको थियो । तर पतनोन्मुख कांग्रेसविरुद्ध दलहरू जुटाउन जति सजिलो थियो, झन् झन् बलियो बन्दै गएको भाजपाविरुद्ध विपक्षी एकजुटता कठिन छ भन्ने कुरा ममताले बुझ्न सकेकी छैनन् । 

भाजपा ६ दशकको संघर्षको बलबुतामा अहिलेको स्थानमा आइपुगेको हो । राष्ट्रिय स्वयंसेवक संघ र भाजपा दुवैले यसका लागि कठोर मेहनत गरेका छन् । आफ्नो विचारधारामा अडिग रही उनीहरूले सबै किसिमका चुनौती सहेका छन् । 

ममताको खल्तीमा रहेको तृणमूल कांग्रेसले उनीहरूको सामना गर्न सक्दैन । जित्ने त परको कुरा भयो । 

अहिले विपक्षी दलहरूमा कांग्रेसको मात्र राष्ट्रिय जनाधार छ । बाँकी दलहरूको प्रभाव आफ्नो प्रदेशभन्दा बाहिर छैन । 

ममताले पश्चिम बंगालबाहिर कुनै पनि दलको जनाधारमा एक भोट पनि बढाउने क्षमता राख्दिनन् । अन्य दल छोडेर आएका नेताहरूको बलबुतामा तृणमूललाई राष्ट्रिय पार्टी बनाउने ममताको इच्छा पूरा हुन लगभग असम्भव छ ।

जागरणमा प्रकाशित प्रदीप सिंहको विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्