१४ असार २०८३, आइतबार
कांग्रेस महाधिवेशन

देउवाले विधान संशोधन गरेर पदाधिकारी थप्न लागेपछि पौडेलले गरे बैठक बहिष्कार

मंसिर २३, २०७८
देउवाले विधान संशोधन गरेर पदाधिकारी थप्न लागेपछि पौडेलले गरे बैठक बहिष्कार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकबाट विधान संशोधन प्रस्ताव पारित गरेर पदाधिकारी थप्न लागेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध गरेका छन् । 

देउवाले १४औं महाधिवेशन शुरू हुने अघिल्लो दिन केन्द्रीय कार्यसमितिको बैठक राखेर विधान संशोधन गर्न लागेका छन् ।

बैठकमा विधान संशोधन प्रस्ताव ल्याउन लागेको थाहा पाएपछि वरिष्ठ नेता पौडेलले कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्ण पौडेललाई फोन गरेर बैठकमा सहभागी नहुने जानकारी गराएका छन् । 

‘रामचन्द्र पौडेलले कार्यालय सचिव कृष्ण पौडेललाई फोन गरेर महाधिवेशनको अघिल्लो दिन विधान संशोधन हुन नसक्ने, त्यस्तो एजेण्डा भएको बैठकमा सहभागी नहुने जानकारी गराउनुभएको छ । पौडलले बैठकमा सहभागी नहुनुहुने भएको छ,’ पौडेल निकट एक नेताले लोकान्तरलाई भने ।

देउवाले विधान संशोधन गरेर उपसभापति र २ वटा सहमहामन्त्री पद थप्न लागेका छन् ।

१४औं महाधिवेशनमा संस्थापन पक्षबाट उम्मेदवारको आकांक्षी व्यवस्थापन गर्न कठिन भएपछि देउवाले विधान संशोधन गरेरै भए पनि आफू पक्षका नेताहरूको व्यवस्थापन गर्न लागेका हुन् । 

उनले हालसम्म महाधिवेशनमा पदाधिकारीको उम्मेदवार तय गर्न सकेका छैनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्