१७ असार २०८३, बुधबार

न्युजील्यान्डमा नयाँ पुस्तालाई चुरोट बेच्न प्रतिबन्ध लगाइने, लत छुटाउन पहल

मंसिर २३, २०७८
न्युजील्यान्डमा नयाँ पुस्तालाई चुरोट बेच्न प्रतिबन्ध लगाइने, लत छुटाउन पहल

न्युजील्यान्डले नयाँ पुस्ताका मानिसलाई चुरोट बेच्न प्रतिबन्ध लगाउने भएको छ । देशमा धूम्रपान पूरै हटाउने पहलअन्तर्गत यो कदम चाल्न लागिएको हो । 

सन् २००८ पछि जन्मेका कसैलाई पनि चुरोट वा सूर्तिजन्य पदार्थ बेच्न बन्देज लगाइनेछ । सन् २०२२ मा यससम्बन्धी कानून लागू गरिने अपेक्षा छ ।

‘युवाहरूले धूम्रपान शुरू नै नगरून् भनी हामी सुनिश्चित गराउन चाहन्छौं,’ स्वास्थ्यमन्त्री डा आयेशा भेरालले बताइन् । 

न्युजील्यान्डको स्वास्थ्य मन्त्रालयले यसबारेमा बिहीवार घोषणा गरेको हो । 

चिकित्सक तथा देशका अन्य स्वास्थ्यविद्हरूले सुधारको यस प्रयासलाई स्वागत गरेका छन् । सूर्तीजन्य पदार्थमा पहुँच घटाउने र चुरोटमा निकोटिनको मात्रा नियन्त्रण गर्ने सरकारको प्रयास हो । 

‘यसले मानिसहरूलाई धूम्रपान त्याग्न वा कम हानिकारक उप्तपादनतर्फ लाग्न सहयोग गर्नेछ अनि युवाहरूलाई निकोटिनको लत लाग्नबाट जोगाउनेछ,’ ओटागो विश्वविद्यालयकी प्राध्यापक ज्यानेट हूकले बताइन् । 

तर यसरी चुरोटमाथि प्रतिबन्ध लगाउँदा कालोबजारीलाई प्रोत्साहन पुग्ने आशंका कतिपयले गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्