
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका आकांक्षी डा. शेखर कोेइरालाले ‘एक पटक, यसै पटक’ नारा लिएर प्रचारप्रसार शुरू गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकको भित्तामा पोस्टर टाँस्दै डा. कोइरालाले नयाँ नारा ल्याएका छन्, एक पटक, यसै पटक ।
व्याख्या विना नै फेसबूकमा राखिएको नारालाई एक पटक मात्रै पार्टी सभापति बन्ने वाचाका रूपमा लिइएको छ ।
संस्थापनइतर पक्षबाट सभापतिका आकांक्षी रहेपनि कोइरालाले हालसम्म प्रचारप्रसार शुरू गरेका थिएनन् । साझा उम्मेदवार तय गर्न पटक–पटक छलफल भए पनि कुनै सहमति नजुट्दा कोइराला प्रचारप्रसारमा लागेका छन् ।