०३ असार २०८३, बुधबार

सकियो ‘द ब्रिटिस कलेज जब फेयर २.०’

मंसिर २४, २०७८
सकियो ‘द ब्रिटिस कलेज जब फेयर २.०’

प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले जब फेयर सम्पन्न गरेको छ । बुधवारबाट थापाथलीस्थित कलेज परिसरमा शुरू भएर्को टीबीसी जब फेयर– २.०’ बिहीवार सम्पन्न भएको हो । 

जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरी ४१ कम्पनीहरूको सहभागिता थियो । जब फेयरमा ४०० भन्दा बढी रोजगारीका लागि विद्यार्थीहरूले अन्तक्रिया र अन्तर्वार्ता दिएका थिए । 

कलेजको पूर्व विद्यार्थीहरूसँगै स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका साथै स्नातकोत्तर तहको एमएससी आईटी, एमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी भएका थिए ।

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका कम्पनीहरूको उपस्थिति थियो । 

लक्ष्मी इन्टरकन्टिनेन्टल ग्रुप (हुण्डाई), घोराही सिमेन्ट, सम्राट सिमेन्ट, सिजी होल्डिङ, क्लासिक टेक, डिसहोम प्रा. लि, एसएमटेक टेक्नोलोजी, सेफ्वे टेक्नोलोजी, क्लाउड फ्याक्ट्री, जेनेसिस सोलुसन्स, वियोण्ड आइडी, लिप फ्रग टेक्नोलोजी इंक, पेप्सी (वरुण विभरेज), सामसुङ इण्डिया, विशाल ग्रुप (युडीएन), दक्ष नेपाल, आइडीपी, आइएमई ग्रुप, मिडास, दराज, सस्तो डिल, एक्ट ३६० लगायत कम्पनीहरू सहभागी थिए । त्यस्तै एफवान सफ्ट (इ–सेवा), युएनडिपी, भिएसओ इन्टरनेशनल, टिच फर नेपाल, अम्बे स्टिल्स, शंकर ग्रुप (जगदम्बा स्टिल्स), सिजी फुड्स, सुजल फुड्स, सिद्वीलक्ष्मी स्टिल्स, जावलाखेल ग्रुप अफ कम्पनी, फ्युलर हिमालयन लिमिटेड, उपाय सिटी कार्गो, किरन सुज, गोल्यान ग्रुप, सिइ कन्स्ट्रक्सन, नेपाल लाइफ इन्स्योरेन्स, वल्र्ड लिंक प्रा. लि लगायतका कम्पनीहरु जब फेयरमा सहभागिता रहेको कलेजले जनाएको छ । 

कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले भने, ‘रोजगारी गर्न चाहने सबै इच्छुक विद्यार्थीहरूको लागि रोजगारी खोज्न हामीले मद्दत गर्दै आइरहेका छौँ । त्यसैले पनि यो जब फेयरको आयोजनाले हामी हाम्रा विद्यार्थीहरूलाई आवश्यक पर्ने सही रोजगारी वा इन्टर्नसिप खोज्न सम्भव बनाउने कुरामा आशावादी छौँ ।’

त्यस्तै कलेजका स्टुडेड सर्भिस र इन्टर्नसिप विभागका प्रमुख सुनिल श्रेष्ठले भने, ‘हाम्रा विद्यार्थीहरूले स्नातक गरेपछि सीधै काममा जाने अवसर पाउँछन् भन्ने कुरा सुनिश्चित गर्न र उनीहरूको रोजगारी क्षमता र सीपहरू सुधार गर्न हामीले फ्रोक्स जबसँग साझेदारी गरेका हौँ ।’

salt training

कमेन्ट गर्नुहोस्