२३ जेठ २०८३, शनिबार

इरानको आणविक भट्टीहरूमा आक्रमणको तयारीका लागि अभ्यास गर्दै इजरायल

मंसिर २४, २०७८
इरानको आणविक भट्टीहरूमा आक्रमणको तयारीका लागि अभ्यास गर्दै इजरायल

इरानमा रहेका आणविक भट्टीहरूमा आक्रमणको तयारीका लागि हवाई अभ्यासका लागि इजरायलले योजना बनाएको छ । 

अमेरिका र इरानबीचको आणविक वार्ता विफल भएमा के गर्ने भनी इजरायल र अमेरिकाका रक्षाप्रमुखहरूबीच भेटघाट हुने भएको छ । 

इजरायलको अभ्यास सन् २०२२ मा गरिनेछ र त्यसमा एफ–३५ स्टेल्थ बमवर्षक विमानहरू पनि संलग्न गरिनेछ । भूमध्यसागरमाथि ६०० माइल उडेर ती विमानहरूले इरानका आणविक भट्टीमा आक्रमणको अभ्यास गर्नेछन् । 

इजरायलका आवास तथा निर्माणमन्त्री जीव एल्किनले अभ्यासको लक्ष्य सबै किसिमको स्थितिका लागि तयार रहनु हो भने । आफूहरूले इरानलाई आणविक हतियारसम्पन्न मुलुक बन्न नदिने उनले बताए । 

तेहरानले आणविक महत्त्वाकांक्षा प्रकट गरेपछि इजरायल र इरान दशकौंदेखि आमनेसामनेको स्थितिमा छन् । इरानले आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका साथ सञ्चालन गरिरहेको बताएको छ भने इजरायलले चाहिँ आणविक हतियार बनाएर इरानले आफूमाथि आक्रमण गर्न लागेको दाबी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्