
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको काठमाडौं महानगरपालिका–३, पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भवनको शिलान्यास गरेका हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालय प्रयोजनका लागि शिलान्यास भएको भवन समयमै निर्माण हुने र नमूना भवन हुने जानकारी दिए ।
शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका सञ्चालक समिति अध्यक्ष हेमराज ढकाललगायत सम्पूर्ण सञ्चालक, संस्थापक शेयरधनी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरू, शाखा प्रमुखहरूलगायतको उपस्थिति थियो ।