
नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई एक साथ सोफामा राखिएको छ ।
जसपाबाट विभाजित भएर केही महिनाअघि मात्र लोसपा गठन भएको थियो । तिक्ततापूर्ण सम्बन्धमा रहेका यादव र ठाकुर एक साथ देखिएका हुन् ।
अर्कातर्फ नेकपा माओवादी केन्द्रका अध्यक्ष र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सँगै बसेका छन् ।
एउटै पार्टीबाट विभाजित भए पनि प्रचण्ड र नेपालको भने सम्बन्ध सुमधुर छ ।

कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत निम्तो दिए पनि ओली अहिलेसम्म समारोहमा पुगेका छैनन् ।