३२ असार २०८३, बिहीबार

विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य लिएका छन्- ओली

मंसिर २४, २०७८
विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य लिएका छन्- ओली
फाइल तस्वीर।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका छन् । 

शुक्रवार नेकपा(एमाले) बागमती प्रदेश संगठन कमिटीले काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरूलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

नेपालमा कूटनीतिक क्षेत्रमा काम गरेर फर्किएको एक कूटनीतिज्ञले लेखेको पुस्तकले सो कुरा स्पष्ट पारेको उनले उल्लेख गरे । 

नेपालमा अराजकता भित्रिन नदिने एमाले भएकाले पुस्तकमा एमाले र आफूविरुद्ध लेखिएको पनि उनको भनाइ छ । 

अध्यक्ष ओलीले नेपालमा विदेशीको हातको नियन्त्रित अराजकता र अस्थिरता पस्न नदिने र पसिहालेमा पराजित गर्ने बताए । ‘हामी कसैलाई नेपाललाई उनीहरूको हातको नियन्त्रित ढंगको अराजकता, अस्थिरताजस्ता कुराहरू यहाँभित्र पस्न दिँदैनौँ, खेल्न दिदैनौँ । खेलिहाल्यो भने पराजित गर्नेछौँ,’ उनले भने । 

उनले अब बस्ने केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण काम गर्ने उल्लेख गरे । एमालेलाई आराम गर्ने फुर्सद नभएको भन्दै सक्रियतापूर्वक काममा लाग्न र पूरै देशलाई नै कामरेडमय बनाउन उनले आग्रह गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्