२८ जेठ २०८३, बिहीबार

गाउँमा जनताले नेता आयो भन्दैनन्, कुनचाहिँ चोर आएछ भन्छन्– राप्रपा अध्यक्ष लिङ्देन

मंसिर २४, २०७८
गाउँमा जनताले नेता आयो भन्दैनन्, कुनचाहिँ चोर आएछ भन्छन्– राप्रपा अध्यक्ष लिङ्देन

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले नेताहरूले पूर्णरूपमा जनताको विश्वास गुमाएको बताएका छन् ।

कांग्रेस महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले जनताको नजरमा नेताहरूप्रतिको विश्वास पूरै गुमेको बताएका हुन् ।

'सरकार सरकार जस्तो छैन, संसद संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन,' लिङ्देनले भने, 'यो सबलाई ठीक लगाउने कसले ? राजनीतिले । राजनीतिलाई कसले ठीक लगाउने ? नेताहरूले । तर अहिले नेताहरूले पूर्ण रूपमा विश्वास गुमाएको अवस्था छ ।'

उनले गाउँमा नेताहरू पुग्दा जनताले कुनचाहिँ चोर आएछ भन्न थालेको समेत बताए ।

'नेता आउँदा कुन नेता आए भन्दैनन्, कुन चोर आएछ भनेर भन्छन्,' लिङदेनले भने ।

salt training

कमेन्ट गर्नुहोस्