०७ असार २०८३, आइतबार

केयूका एक हजार ४४९ विद्यार्थी दीक्षित हुँदै

मंसिर २४, २०७८
केयूका एक हजार ४४९ विद्यार्थी दीक्षित हुँदै

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त मङ्सिर २९ गते गरिने भएको छ । विश्वविद्यालयका रजिष्ट्रार सुबोध शर्माका अनुसार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षमा हुने कार्यक्रममा भारतीय विश्वविद्यालय सङ्घका महासचिव डा पङ्कज मित्तलको प्रमुख आतिथ्यता रहने छ ।

यसवर्ष दीक्षित हुने विश्वविद्यालयका स्नातक र स्नताकोत्तर तहका गरी एक हजार ४४९ विद्यार्थीमध्ये मानविकी सङ्कायका २३४, शिक्षाशास्त्र सङ्कायका १०४, इञ्जिनियरिङका २९, कानुन सङ्कायका ४०, व्यवस्थापन सङ्कायका ४१९, मेडिकल साइन्सका ५८१ र साइन्सका ४२ रहेको रजिष्ट्रार शर्माले बताए । त्यस्तै १२ जनालाई पिएचडी र ३० जनालाई एमफिलबाट दीक्षित गरिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्