२२ जेठ २०८३, शुक्रबार

कोरोना विरुद्धको खोप व्यवस्थापनका लागि ३१ लाखका सामग्री हस्तान्तण

मंसिर २५, २०७८
कोरोना विरुद्धको खोप व्यवस्थापनका लागि ३१ लाखका सामग्री हस्तान्तण
प्रतिकात्मक तस्वीर

कोभिड–१९ रोकथाम प्रतिकार्य तथा खोप अभियान सहयोग कार्यक्रमअन्तर्गत खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि केयर नेपाल र सीएसएसडीको सहकार्यमा शुक्रबार कैलालीका केही स्थानीय तह, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रका लागि विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।

सामग्री सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्कामार्फत केयर नेपालका सहायक निर्देशक मुना शेर्पाबाट हस्तान्तण भएको छ ।

खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि स्वास्थ्य कार्यालय कैलाली, टीकापुर अस्पताल, भजनी प्राथमिक स्वास्थ्योपचार केन्द्र, लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकाका लागि आइसलेन्ड रिफ्रिजेटर ठूला र सानो, कोल्ड बक्स, फ्रिजर चेस्ट, आइसप्याक लगायत गरी ३१ लाख ९१ हजार ३४९ रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरिएको सीएसएसडी कैलालीका कार्यक्रम संयोजक जगत उपाध्यायले जानकारी दिए ।

उनले कोरोनाको खोप लगाउन सहजताका लागि सामग्री हस्तान्तण गरेको बताए । सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री खड्काले खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि हस्तान्तरण गरिएका सामग्रीले सहज हुने बताए ।

मन्त्री खड्काले भने, ‘अब कुनै नयाँ भेरियन्ट आए पनि त्यसका पनि सबैको सहयोग र सहकार्यमा न्यूनीकरण गर्न सक्छौं ।’

उनले प्रदेश सरकार सीमानाकामा स्वास्थ्य परीक्षणदेखि होल्डिङ सेन्टरलाई चाँडोभन्दा चाँडो सञ्चालन ल्याउन प्रयासमा रहेको उल्लेख गरे । केयर नेपालकी सहायक निर्देशक शेर्पाले विभिन्न विपत्मा जहिले पनि सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्