१५ असार २०८३, सोमबार

ओली निवासमा एमाले बैठक, केन्द्रीय कमिटी केहीबेरमा शुरू हुने

मंसिर २५, २०७८
ओली निवासमा एमाले बैठक, केन्द्रीय कमिटी केहीबेरमा शुरू हुने

नेकपा एमालेको सचिवालय बैठक शनिवार बालकोटमा शुरू भएको छ । केन्द्रीय कमिटीको बैठकअघि सचिवालय बैठक बसेको हो । 

एमालेको दशौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक शनिवार दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्ने भएको छ । 

बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुने उनले जानकारी दिए ।

एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियताक्रम निर्धारण र जनसंगठनको सुदृढीकरण अभियान पनि बैठकका एजेण्डा रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्