
कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय सभागृह पुगेर सिंहले करीब साढे ३ बजे उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला उम्मेदवार बनेकी छन् ।
कोइराला परिवारबाट आफ्नै दाजु डा. शेखर कोइराला सभापतिमा उम्मेदवार बने पनि सुजाताले प्रकाशमानको प्यानल रोजेकी हुन् ।
राष्ट्रिय सभागृह जानुअघि प्रकाशमानले यलम्बर पार्टी प्यालेसमा उम्मेदवारी घोषणा सभालाई सम्बोधन गरेका थिए ।
कांग्रेस संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयास भए पनि सफल हुन सकेन ।
संस्थापन इतरबाट प्रकाशमान र शेखर दुईजना सभापतिको उम्मेदवार बनेका छन् ।