१२ असार २०८३, शुक्रबार
कांग्रेस महाधिवेशन

गगन थापा, चन्द्र भण्डारी लगायतलाई अघिपछि लगाएर उम्मेदवारी दर्ता गर्न पुगे शेखर कोइराला

मंसिर २५, २०७८
गगन थापा, चन्द्र भण्डारी लगायतलाई अघिपछि लगाएर उम्मेदवारी दर्ता गर्न पुगे शेखर कोइराला

डा. शेखर कोइराला र उनको प्यानलमा रहेका नेताहरू उम्मेदवारी मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका छन् ।

कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न शेखर चन्द्र भण्डारी, गगन थापा, मीनेन्द्र रिजाल लगायतका नेताहरूको साथमा राष्ट्रिय सभागृह पुगेका हुन् ।

शेखरको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा प्रभावशाली युवा नेता गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दर्ता गराउँदैछन् ।

सहमहामन्त्रीमा खुलातर्फ देवराज चालिसे, महिलामा कमला पन्त, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, मधेशीबाट रामकृष्ण यादव, थारुबाट तेजुलाल चौधरी, आदिवासी जनजातिबाट विकास लामा र अल्पसंख्यकबाट वकिल मिया उम्मेदवार बन्ने पक्कापक्की भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्