
नेपाली कांग्रेसको महामन्त्रीमा दाबी गरेका गृहमन्त्री बालकृष्ण खाणले पदाधिकारीको दाबी छाडेका छन् । उनी शेरबहादुर देउवाको सभापतिको प्रस्ताव बनेका छन् ।
‘म उम्मेदवार भन्दा पनि शेरबहादुर देउवालाई सभापतिमा विजय सुनिश्चित गराउन आएको छु,’ खाणले राष्ट्रिय सभागृहमा पत्रकारहरूसँग भने ।
मुलुकको राजनीतिक कोर्षलाई अगाडि बढाउन देउवा विजयी हुनुपर्ने बताए । ‘म कुन पदमा लड्ने भन्दा देउवा फेरि सभापति बन्न आवश्यक छ, देशको आवश्यकता देउवा हो,’ खाणले भने ।
देउवा प्यालनबाट विजय गच्छदार र पूर्णबहादुर खड्का उपसभापति र महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बनेका छन् ।