२९ असार २०८३, सोमबार

माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैन : प्रचण्ड

मंसिर २५, २०७८
माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैन : प्रचण्ड
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष दाहालले भने, ‘माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन । हामी अरुजस्तो पार्टी होइन, राष्ट्र र जनताका लागि काम गर्ने पार्टी हो ।’

उनले सबै तह, तप्कामा आक्रामक ढंगले गयौं र जनतालाई विश्वासमा लियौं भने आफू नेतृत्वको पार्टी १ नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बीचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल भइने बताए । ७ प्रदेश र २ वटा गैरभौगोलिक प्रदेशको सम्मेलनलाई श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताए ।

अध्यक्ष दाहालले पार्टीमा कमी/कमजोरी रहेको र त्यसलाई सच्याएर क्रान्तिकारी र जनपक्षीय पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्