१३ असार २०८३, शनिबार

बङ्लादेशमा पनि भेटियो ओमिक्रोनको सङ्क्रमण

मंसिर २६, २०७८
बङ्लादेशमा पनि भेटियो ओमिक्रोनको सङ्क्रमण

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण बङ्लादेशमा पनि पुष्टि भएको छ । 

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार बङ्लादेशमा पनि ओमिक्रोनबाट सङ्क्रमित पहिलो दुई बिरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री जहिद मालेक्युले सङ्क्रमित हुनेमा दुई महिला खेलाडी रहेको जानकारी दिए । विदेशमा भएको प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएको बङ्लादेशका क्रिकेट खेलाडिहरुको समूहका सदस्यहरु सङ्क्रमित भएका हुन् ।  

सङ्क्रमित भएका खेलाडि जिम्बाबेबाट केही दिनअघि मात्रै फर्किएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुलाई अहिले ढाकास्थित होटल आइसोलेशनमा राखेर उच्च सतर्कताका साथ उपचार गराइएको पनि अधिकारीहरुले जनाएका छन् । उनीहरुको उपचारमा संलग्न चिकित्सकहरुले उनीहरुको अवस्थास्थिर रहेको जानकारी दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्