०४ असार २०८३, बिहीबार

दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

मंसिर २६, २०७८
दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकै आइतवार बिहान मोटरसाइकल र स्कुटर ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् ।

बा४४प ९८३६ नम्बरको पल्सर मोटरसाइकल र बा६३प ४८३४ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर मोटरसाइकललाई ना६ख ७४९ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिए ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

राजमार्गमा दुर्घटना भएपछि १ घण्टा यातायात अवरुद्ध भएको थियो । सवारीसाधन हटाएपछि यातायात साधन सञ्चालन भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्