०८ साउन २०८३, शुक्रबार

तेक्वान्दो प्रतियोगिताको उपाधि गैंडाकोट तेक्वान्दो डोजाङलाई

मंसिर २६, २०७८
तेक्वान्दो प्रतियोगिताको उपाधि गैंडाकोट तेक्वान्दो डोजाङलाई
प्रतिकात्मक तस्वीर

राष्ट्रिय तेक्वान्दो संघ नेपाल गैंडाकोट नगर समितिको आयोजमा गैंडाकोटमा सम्पन्न प्रथम गण्डकी प्रदेशस्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट तेक्वान्दो डोजाङ पहिलो भएको छ । 

७ स्वर्ण, ८ रजत र ५ कास्य गरी कूल २० पदकसहित गैंडाकोट तेक्वान्दो डोजाङ पहिलो भएको हो । 

रुपन्देहीको नवप्रताप तेक्वान्दो डोजाङ ६ स्वर्ण, ७ रजत र ७ कास्य गरी २० पदकसहित दोस्रो तथा चितवनको बाह्रघरे तेक्वान्दो डोजाङ ४ स्वर्ण, ७ रजत र ३ कास्य गरी १४ पदकसहित तेस्रो भएको राष्ट्रिय तेक्वान्दो संघ नेपाल गैंडाकोट नगर समिति अध्यक्ष गोपाल परियारले जानकारी दिए ।

गैंडाकोटमा शुक्रवार र शनिवार गरी २ दिनसम्म भएको प्रतियोगितामा चितवनको माडी तेक्वान्दो डोजाङले सान्त्वना स्थान प्राप्त गरेको परियारले बताए । प्रतियोगितामा गण्डकी, बागमती र लुम्बिनी प्रदेशका ११ जिल्लाबाट जम्मा २०० खेलाडी सहभागी थिए ।

छात्र र छात्राहरूको छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको प्रतियोगितामा रुपन्देहीका तेक्वान्दो खेलाडी विजय थारू र सञ्जिता गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा विजेता खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट हुने डोजाङलाई ट्रफी प्रदान गरिएको अध्यक्ष परियारले बताए ।

प्रतियोगिताको शनिवार साँझ समापन गर्दै गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले खेलले खेलाडीको स्वास्थ्य र पहिचानमा महत्त्वपूर्ण सहयोग गर्ने बताए ।

खेलका कारण खेलाडीमा अनुशासन कायम हुने जनाउँदै विद्यालय तहबाट नै विद्यार्थीलाई खेलकुदमा सहभागी गराउनुपर्ने उनको भनाइ थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्