१० साउन २०८३, आइतबार
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ताका लागि डेढ घण्टा समय थपियो

मंसिर २६, २०७८
कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ताका लागि डेढ घण्टा समय थपियो
फाइल फोटो

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उम्मेदवारी मनोनयन फिर्ताका लागि समय थप भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी फिर्ताका लागि डेढ घण्टा समय थप गरेको हो ।

यसअघि ११ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय छुट्ट्याइएकोमा अब मध्याह्न साढे १२ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सकिनेछ ।

त्यसपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । मतदान भने भोलि बिहान ८ बजेबाट हुने कार्यतालिका छ ।

हेर्नुहोस्, समय थपसम्बन्धी सूचना:

salt training

कमेन्ट गर्नुहोस्