२५ असार २०८३, बिहीबार

कांग्रेस महाधिवेशनः २७ जनाले फिर्ता लिए केन्द्रीय सदस्यको उम्मेदवारी

मंसिर २६, २०७८
कांग्रेस महाधिवेशनः २७ जनाले फिर्ता लिए केन्द्रीय सदस्यको उम्मेदवारी
फाइल तस्वीर।

कांग्रेस केन्द्रीय सदस्यका लागि शनिवार उम्मेदवारी मनोनयन गराएका २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले तोकेको दिन आइतवार २७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । 

जंगीलाल राय, संजयकुमार यादव, गोविन्दराज बोहरा, दलित कोटामा उम्मेदवारी दिएका मीन विश्वकर्मा, मधेसी कोटाबाट सीताराम महतो, जनजातिका युवराज गुरुङ, खस आर्यका दीपक अधिकारीलगायतले उम्मेदवारी फिर्ता लिएका हुन् । 

यस्तै महिलातर्फकी इन्दीरा थापा, शकुन्तला शर्मा, मीनाकुमारी थापा, खुलातर्फका भक्तबहादुर बलायर, विष्णु पौडेल, जनजाति महिलातर्फकी माया राना, अनु गुरुङ, दलिततर्फका गोपिलाल विश्वकर्मालगायतले उम्मेदवारी फिर्ता लिएका हुन् । 

संगीता मण्डल, सीता पौडेल, उमेश बस्नेत, माधव आचार्य लगायतले उम्मेदवारी फिर्ता लिएका छन् । केहीले उम्मेदवारी फिर्ता लिँदा प्रदेश २ बाट आनन्द ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध बनेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्