३२ असार २०८३, बिहीबार

उपत्यका विकास प्राधिकरण खारेजीको हाम्रो माग यथावत छः मेयर शाक्य

मंसिर २६, २०७८
उपत्यका विकास प्राधिकरण खारेजीको हाम्रो माग यथावत छः मेयर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यका विकास प्राधिकरणलाई सबै कामको जिम्मा आफैले मात्रै लिनु उचित नभएको बताएका छन् ।

२७ औँ काठमाडौँ महानगर दिवसको अवसर पारेर आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘उपत्यका विकास प्राधिकरण आफैँ कार्यकारी निकाय हो । उसको काम भनेको नीति बनाउन हो,’ शाक्यले भने, ‘स्थानीय निर्माणसँगै सबै काम स्थानीय तहले गर्ने र त्यो अधिकार स्थानीय तहमा आएपछि त्यहि प्रकृतिको काम प्राधिकरणले नगरे हुन्छ भनेर उपत्यकाका सबै नगरका मेयरहरुको फोरमले त्यसको खारेजीको माग गरेको हो । अहिले पनि त्यो माग यथावत छ ।’ 

त्यसैगरी उनले संघीय र प्रदेश सांसदहरुलाई पनि उनले सकेसम्म एकीकृत योजनासहित ठूला–ठूला योजनाका काम गर्न आग्रह गर्दै महानगरपालिकाले गर्ने काममा बजेट खर्च नगर्न सुझाव दिए ।

‘माननीयज्यूहरुको पनि बाध्यता छ । आफूलाई जिताएर पठाएका मतदाताको माग अनुसार र आफ्नो उपस्थिति देखाउन पनि ढल राख्ने, ब्लक छाप्ने जस्ता काम गर्नुपरेको छ,’ उनले भने, ‘सकेसम्म उहाँहरुले संसद कोषको बजेटबाट मिलेर ठूला–ठूला योजनाका काम गरि दिनुहोस् भन्ने छ । हामीले जुन काम गर्न बजेट विनियोजन गरेका छौँ । त्यही काम उहाँहरुले गर्दा खर्च बढ्ने र कामको डुब्लीकेशन हुने भयो ।’ 

उनले चुनावी घोषणापत्रमा उल्लेख भएका केही काम गर्न नसकेको पनि स्वीकार गरे । ‘हामीले चुनावी घोषणापत्रमा उल्लेख गरेका केही काम गर्न सकेका छैनौँ,’ उनले भने, ‘चक्रपथ विस्तारको काम सम्पन्न नहुँदा हामीले मोनोरेलको काम अघि बढाउन सकेनौँ । त्यसैगरी तीनकुनेको बुद्धपार्क निर्माण गर्ने कुरा पनि सरकारले मुआब्जाको विवाद मिलाउन नसक्दा समस्या भयो,’ उनले भने, ‘भृकुटी मण्डपमा निर्माण गर्ने मेगाहल निर्माणको काम पनि हामीले अघि बढाउन सकेका छैनौँ ।’

उनले महानगरपालिका भवन निर्माण शुरूभएको भन्दै केही सम्पदा पुनर्निर्माणमा मुद्धा परेका कारण ढिलाई भएको पनि जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्