०१ असार २०८३, सोमबार

कांग्रेस महाधिवेशन: ५ जनाको प्रक्रिया नमिलेपछि ५५ जनाको मात्र भयो उम्मेदवारी फिर्ता

मंसिर २६, २०७८
कांग्रेस महाधिवेशन: ५ जनाको प्रक्रिया नमिलेपछि ५५ जनाको मात्र भयो उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसको निर्वाचनअन्तर्गत आइतवार ५५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एक जना सभापति, एक सहमहामन्त्री र ५३ केन्द्रीय सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । 

६० जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिए पनि ५ जनाको प्रकिया नमिलेको भन्दै फिर्ता भएन । 

उम्मेदवारी फिर्ता लिनेमा सभापतिका उम्मेदवार युवराज न्यौपाने, सहमहामन्त्रीमा देउवा प्यानलबाट बागी उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिएका हुन् । 

शेखर कोइरालालाई समर्थन गर्दै युवराज न्यौपानेले सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्