१३ असार २०८३, शनिबार

साढे ४ वर्षमा गरेको कामको फेहरिस्त सार्वजनिक गर्दै शाक्यले भने : पार्टीले विश्वास गरे फेरि मेयर बन्छु

मंसिर २६, २०७८
साढे ४ वर्षमा गरेको कामको फेहरिस्त सार्वजनिक गर्दै शाक्यले भने : पार्टीले विश्वास गरे फेरि मेयर बन्छु

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले दिएमा फेरि पनि महानगरको मेयर बन्ने बताएका छन् । 

आइतवार २७ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले पार्टीले अवसर दिए फेरि पनि मेयर बन्ने बताएका हुन् । 

उनले आफ्नो कार्यकालमा आफूले धेरै नै काम गरेको भएपनि केही काम पूरा हुन भने बाँकी रहेको सुनाए । 

आफ्नो कार्यकालमा भएका कामहरूको फेहरिस्त सार्वजनिक गर्दै उनले पार्टीले विश्वास गरेको खण्डमा अर्को कार्यकालमा पनि मेयरमा उठ्ने बताए ।  

‘मैले गरेको काम चित्त बुझेको भए, मैले शुरू गरेका काम अपुरो रहेका र त्यो काम यसैले पुरा गरोस् भनेर पार्टीले मलाई रोज्छ भने मैले नाई भन्ने कुरा हुँदैन,’ उनले भने ‘अपुरो काम पुरा गर भनेर पार्टीले विश्वास गर्यो भने मैले हुँदैन भन्न मिल्दैन, मेरो काम पार्टीले कसरी हेरिरहेको छ भन्ने नै हो ।’

आफ्नो साढे ४ वर्षको अवधिमा ५४ वटा काम भएको र केही काम शुरू गरेको भन्दै त्यो यही कार्यकालमा पुरा नहुने उनले सुनाए । 

 यस्तो छ उनले साढे ४ वर्षमा गरेको काम  [पूर्णपाठ]
 

salt training

कमेन्ट गर्नुहोस्