११ साउन २०८३, सोमबार
कांग्रेस महाधिवेशन

महाधिवेशन प्रतिनिधिसामु देउवाको चिन्ता– मैले सभापति नजिते प्रधानमन्त्री रहिरहन दिँदैनन् !

मंसिर २६, २०७८
महाधिवेशन प्रतिनिधिसामु देउवाको चिन्ता– मैले सभापति नजिते प्रधानमन्त्री रहिरहन दिँदैनन् !

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट आफू पुन: सभापति नचुनिएमा वर्तमान सरकार समेत धर्मराउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

आइतवार काठमाडौंमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि निर्वाचित महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफू सभापति चुनिएको खण्डमा मात्र वर्तमान सरकार राष्ट्रिय चुनावसम्म टिक्ने बताएका हुन् ।

‘अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन्, सबैले । त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु आवश्यक छ । जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छन्, के प्रधानमन्त्री बन्न सक्छ भन्छन्,’ देउवाले भने ।

केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दललाई लिएर स्थानीय तहदेखि केन्द्रीय तहसम्मको चुनावमा जाने र जितेर सरकार बनाउने उनले बताए ।

अहिलेको अवस्थामा कांग्रेसले जित्नु जरुरी रहेको देउवाले बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘तपाईंहरूले देख्नुभयो, ओलीको सरकार हुँदा कस्तो हालत थियो, अहिले कति हलुका भएको छ । त्यसैले अहिलेको बेला यो काँग्रेस पार्टी जित्नु जरुरी छ । कांग्रेस पार्टी जितेको खण्डमा मात्रै अगाडि बढ्न सक्छ । म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ, राष्ट्रिय चुनावसम्मका लागि ।’

उनले आफूले सभापति जितेमा सबैको माग पूरा गर्ने र कांग्रेसलाई कुनै व्यक्तिको नभई सबैको पार्टी बनाउने प्रतिबद्धता जनाए ।

salt training

कमेन्ट गर्नुहोस्